Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
चितवन- अवकास रोजेर बाहिरिएका एकीकृत नेकपा माओवादीका लडाकु तथा अनमिनले ‘अयोग्य’ प्रमाणित गरेका लडाकुले आर्थिक हिनामिनाको आरोप लगाउँदै शक्तिखोर सिविर घेराउ गरेका छन् । माओवादी वैद्य पक्षका नेताहरुको समेत सक्रियतामा उनीहरुले सिविर घेराउ गरेका हुन् ।
यसमा वाइसिएलको समेत सहभागिता छ ।
लडाकुहरुले शिविरको हिसावकिताव सार्वजनिक गर्न माग गरेका छन् । रकम हिनामिना भएको र आफूले पाउनपर्ने रकम नपाएको भन्दै उनीहरुले ‘खर्च सार्वजनिक नगरे शिविरभित्रै पसेर प्रतिकार गर्ने’ बताएका छन् । उनीहरुले काटिएको रकम आफूहरुले पाउनुपर्ने लगायतका माग राखेका छन् । शक्तिखोरसम्म उनीहरु बस रिजर्भ गरी आएका हुन् ।
झडपको सम्भावना बढेपछि यहाँ सुरक्षाकर्मीको उपस्थित बढाइएको छ ।
तपाईको प्रतिक्रिया