Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रले संविधान संशोधन विधेयक प्रक्रियामा लैजाने निर्णय गरेको छ । बिहीबार बिहान बसेको केन्द्रीय कार्यालयको बैठकले सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै संसदमा दर्ता भएको संशोधन विधेयक प्रक्रियामा लैजाने निर्णय गरेको हो ।

संसदमा दर्ता भएको संशोधन विधेयक रोक्न अन्तरिम आदेश जारी गर्न सर्वोच्चले अस्वीकार गरेको थियो । विधेयक पारित गराउन सबै दलसँग छलफललाई निरन्तरता दिने पनि माओवादी बैठकले निर्णय गरेको नेता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

यस्तै बैठकमा आन्तरिक निर्वाचन सम्बन्धी कार्यविधि र पार्टीको संगठनात्मक विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो । बैठक शुक्रबार बिहान ८ बजे फेरि बस्नेछ ।

यस्तै संशोधन विधेयक पारित गराउने विषयमा माओवादीले बिहीबार नेपाली कांग्रेस र मधेसी मोर्चासँग पनि छलफल गर्दैछ । बैठक दिउँसो ३ बजेपछि बालुवाटारमा बस्नेछ । मधेसी मोर्चाले संशोधन विधेयक अघि बढाउन सरकारलाई सहयोग गर्ने निर्णय गरेपछि तीन दलको बैठक बस्न लागेको हो ।

तपाईको प्रतिक्रिया