Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

खोटाङ  – ढुंगा बोकेको ट्रयाक्टरबाट खसेर खोटाङको राजापानी–५ का ५५ वर्षका पदमबहादुर श्रेष्ठको ज्यान गएको छ ।

जालपा–२ नेवारगाउँबाट ढुंगा बोकेर जालपा–३ जाँदै गरेको ना ५ त ६६०१ नम्बरको ट्रयाक्टरबाट खसेर श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नविनकिशोर प्रधानले बताउनुभयो ।

बुधबार दिउँसो ट्रयाक्टरबाट खसेर गम्भीर घाइते भएका श्रेष्ठको सामुदायीक अस्पताल जालपामा उपचारको क्रममा राति ज्यान गएको प्रहरीले जनाएको छ ।

ढुंगा लोड गरेर ट्रयाक्टरमा चढेका श्रेष्ठ जालपा–२ लमर्खुमा पुगेपछि ट्रयाक्टरबाट खसेका थिए । श्रेष्ठ चक्कर लागेर ट्रयाक्टरबाट खसेको जानकारी आएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया