Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – नेपाली सेनाले समावेशी तथा खुल्ला प्रतिस्पर्धाबाट १०० जना अधिकृत क्याडेटको लागि दरखास्त आह्वान गरेको छ । 

सेनाको श्री भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले संगठनको स्वीकृत दरबन्दीभित्र रिक्त अधिकृत क्याडेट पदका लागि आज दरखास्त आह्वान गरेको हो । विज्ञापन अनुसार खुल्लातर्फ ५५ जनाको माग गरिएको छ भने समावेशी तर्फ महिला ९ जना, आदिबासी जनजाती १४ जना, मधेसी १३ जना, दलित ७ जना र पिछडिएको क्षेत्रबाट २ जना गरी १०० जना माग गरेको हो ।

इच्छुक र योग्य उम्मेद्वारले सेनाको वेवसाइट नेपाली आर्मी डट मिल डट एनपीबाट अनलाइन दरखास्त फारम भरी सो को प्रिन्ट आउटसहित जंगी अड्डढा, भद्रकाली, पूर्वी पृतना हेडक्वाटर इटहरी, मध्य पृतना हेडक्वाटर हेटौडा, पश्चिम पृतना पोखरा, मध्य पश्चिम पृतना सुर्खेत र सुदूर पश्चिम पृतना दिपायमा दरखास्त दिन सक्नेछन् । दरखास्त बुझाउने अन्तिम मिति माघ २१ गते सम्मका लागि तोकिएको छ ।

दरखास्त दस्तुत खुल्लातर्फ एक हजार तोकिएको छ भने यदी कुनै उम्मेद्वारले समावेशीतर्फ भर्न इच्छुक भएमा प्रत्येक समुहको लागि २० प्रतिशत बढी दस्तुर तिर्नुपर्नेछ । 

तपाईको प्रतिक्रिया