Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

दमौली – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधन गरी तीनै तहको निर्वाचन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

घर घरमा नयाँ शक्ति अभियानअन्तर्गत नयाँ शक्ति नेपाल क्षेत्र नं. ३ तनहुँद्वारा आज दुलेगौडामा आयोजित कार्यक्रममा उहाँले मधेसी मोर्चाको माग सम्बोधन हुने गरी संविधान संशोधन गर्न आवश्यक रहेको बताउनुभयो ।

संयोजक भट्टराईले भन्नुभयो – “पार्टी आर्थिक समृद्धिको नारा लिएर अगाडि बढेको छ, त्यसमा सबैको साथ आवश्यक पर्छ ।”

पार्टी सङ्गठन विभाग प्रमुख देवेन्द्र पौडेल, तनहुँ क्षेत्र नं. ३ का संयोजक गोविन्द भट्टराई, शुक्ला गण्डकी नपाका संयोजक सूर्यनारायण श्रेष्ठ, सचिवालय सदस्य जनार्दन वियोगी लगायतले संविधान कार्यान्वयनका लागि प्रमुख दल मिल्नुको विकल्प छैन् भन्नुभयो ।

तपाईको प्रतिक्रिया