Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारलाई स्पष्टिकरण बुझाउनुभएको छ । 

आज अपरान्ह ज्ञवालीले प्रधानमन्त्री कार्यालय पुगेर प्रधानमन्त्री कार्यालयका प्रशासनिक सचिव दिनेश थपलियालाई स्पष्टिकरण बुझाउनुभएको हो । स्पष्टिकरण दिएर बाहिरिने क्रममा सञ्चाकर्मीको प्रश्नमा उहाँले समयभित्रमा स्पष्टिकरण बुझाउन सरकारले गरेको जिज्ञासा अनुसार पेस गरेको र अरु विषयमा नेपाल सरकार समक्ष बुझ्न आग्रह गर्नुभएको थियो ।

भूकम्पपछिको पुनर्निमाणको कामलाई गति दिन नसकेको भन्दै गत पुस ७ गते बसेको मन्त्रीपरिषदको बैठकले ज्ञवालीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया