Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – साफ महिला च्याम्पियनसिप फुटबल खेल्न भारत गएको नेपाली टोली आज स्वदेश फर्कदैछ । 

टोली भारतको सिलगुढीबाट बिहान ११ बजे विराटनगर आउने र बेलुकी ६ बजे काठमाडौ आइपुग्ने बताइएको छ । नेपाली टोली समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेर समूह विजेता हुँदै सेमिफाइनलमा पुगे पनि सेमिफाइनलमा भारतसँग ३–१ ले पराजित भएको थियो ।

भारतसँगको हारपछि यसपटक पनि नेपालको उपाधी सपना पूरा हुन पाएन । यसअघिका ३ वटा संस्करणको फाइनलमा नेपाल भारतसँगै पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया