Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो – जापानमा रहेका दलित समुदायबीच पारस्परिक सहयोग, सदभाव र असल सम्बन्धको बिकास एवं बिस्तार गर्ने उद्देश्यले सिर्जनशील उत्पीडित समाज जापानको गठन भएको छ ।

नयाँ वर्ष २०१७ को अवसर पारी जनवरी १ का दिन भएको भेलाले गणेश रिजाल ’चिन्तन’को अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति गठन गरेको छ । ’बिभेद बिरुद्धको एकता, आजको आवश्यकता’ भन्ने नारा रहेको सो भेलाले उक्त समाजको गठन गरेको हो । आगामी मे महिनामा पर्ने गोल्डेन वीक सम्ममा अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पाएको सो तदर्थ समितिको उपाध्यक्षद्वयमा रमेश सुनम परियार र गोविन्द परियार चुनिएका छन् भने महासचिवमा समर्पण गडेल, सचिवमा बिष्णुमाया सुनार र कोषाध्यक्षमा रमेश सुनार चयन भएका छन् ।

साथै भेलाले करिव एक महिना अगाडि काभ्रेको सानो बाङ्थलीमा बोक्सीको आरोपमा दिसा-पिसाव खुवाएर कुटेर हत्या भएकी लक्ष्मी परियारको बच्चाहरुको शिक्षाका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गर्ने निर्णय पनि गरेको छ।

शिन ओकुबोस्थित टोकियो रोधी क्लवको सभाकक्षमा भएको सो भेलामा नयाँ वर्षको शुभकामना आदानप्रदान गरिनुका साथै हाल जापानमै रहेका लोकप्रिय गायिकाहरु जमुना सनम र गीत सेञ्चुरीलाई सम्मान पनि गरिएको थियो ।****

तपाईको प्रतिक्रिया