Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

बाँके – राप्रपाका अध्यक्ष कमल थापाले मुलुकलाई थप द्वन्द्वमा धकेल्ने गरी संविधान संशोधन गर्न नहुने बताउनुभएको छ ।

‘जनताका जायज माग सम्बोधनका लागि संविधान संशोधन गर्न सकिन्छ’ राप्रपा मध्यपश्चिम क्षेत्रस्तरीय बैठकलाई मङ्गलबार नेपालगञ्जमा सम्बोधन गर्दै अध्यक्ष थापाले भन्नुभयो, ‘संशोधनले देशलाई द्वन्द्वमा लैजानेभन्दा पनि सबैको सहमति खोज्न आवश्यक छ ।’

अध्यक्ष थापाले राप्रपा र राप्रपा नेपालबिच एकीकरण भएपछि बनेको राप्रपालाई आगामी निर्वाचनमा पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताउनुभयो । जनआन्दोलनपछि राजनीतिक नेतृत्वको कमजोरीका कारण मुलुक समस्यै समस्यामा फसेको दावी गर्दै अध्यक्ष थापाले  एकदशकसम्म गुम्सिएका जनताका आवाज पार्टी एकीकरणपछि राप्रपामा समाहित भएको बताउनुभयो ।

उहाँले राप्रपामा देखिएको जनताको उत्साहलाई संगठनमा रुपान्तरण गर्ने अठोट गर्नुभयो । मध्यपश्चिमका १५ जिल्लाका अध्यक्ष, केन्द्रीय सदस्यलगायत सहभागी कार्यक्रममा पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणा, बरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनी, मन्त्रीहरु दीपक बोहरा, बिक्रम पाण्डे लगायतको उपस्थिति थियो ।

राप्रपाले बुधबार नेपालगञ्जमा एकता सभा गर्दैछ ।

तपाईको प्रतिक्रिया