Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौँ –व्यवस्थापिका– संसद्, सार्वजनिक लेखा समितिका सभापति तत्काल चयनका लागि समितिमा आबद्ध सांसदले सभामुखको ध्यानाकर्षण गराउने भएका छन् ।

समितिको आजको बैठकले लामो समयदेखि समितिको नेतृत्व खाली रहनु राम्रो नहुने जनाउँदै तत्काल सभापति चयनका लागि सभामुखको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

यस्तै समितिमा यसअघि प्रस्तुत तर निर्णय हुन नसकेका विषयलाई प्राथमिकताका साथ अगाडि बढाउने, तत्काल निर्णय गर्ने, छानबिन अध्ययन तथा अनुगमन समितिलाई आआफ्ना कार्यक्षेत्रका काम प्रभावकारी रुपमा अगाडि बढाउन आवश्यक निर्देशन दिने निर्णय भएको समितिका ज्येष्ठ सदस्य सर्वेन्द्रनाथ शुक्लले जानकारी दिनुभयो ।

त्यस्तै बेरुजु फरस्यौट उपसमितिले विभिन्न सरकारी निकायमा रहेको बेरुजुका विषयमा आवश्यक परामर्श गर्ने र आवश्यक निर्देशनसहित बेरुजु घटाउन पहल गर्ने जानकारी दिँदै ज्येष्ठ सदस्य शुक्लले नियमित रुपमा बैठक राखी काम कारबाहीलाई प्रभावकारी रुपमा अगाडि बढाउने निर्णयसमेत गरिएको बताउनुभयो ।

समितिले यही पुस २५ गते बेरुजुको ताजा अवस्थाका बारेमा छलफल गर्न कावा महालेखा परीक्षक, मुख्य सचिव र सरकारी कार्यालयतर्फ रकमगत आधारमा बढी बेरुजु हुने १० मन्त्रालयका सचिवसहितको बैठक बोलाउने निर्णयसमेत भएको छ ।
समितिका सभापति जनार्दन शर्मा ऊर्जामन्त्री हुनुभएपछि सभापति पद खाली रहँदै आएको छ । सभापति खाली हुँदा समितिको काम कारबाही निरन्तर रोकिँदै आएको छ ।

समितिमा आबद्ध सांसदले यसअघि नै सभामुख ओनसरी घर्तीको ध्यानाकर्षण गराउँदै सभापति चयनको वातावरण बनाइदिन आग्रह गरिसकेको समिति सदस्य रामहरि खतिवडाले जानकारी दिनुभयो ।

सरकारका कामकारबाहीलाई व्यवस्थित बनाउन र नियन्त्रण तथा सन्तुलन राख्न सार्वजनिक लेखा समितिको भूमिका महत्वपूर्ण मानिन्छ । समिति सभापति प्रमुख प्रतिपक्षी दललाई दिने संसदीय परम्परा रहिआएको भए पनि सभापतिमा नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र)ले दाबी गर्दैआएका छन् ।

तपाईको प्रतिक्रिया