Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

सर्लाही – सर्लाहीको पिपरियामा एक महिलाले आफ्ना तीन छोरीलाई विष खुवाएर आफूले पनि आत्महत्या गरेकी छन् ।

तीन छोरीलाई विष खुवाएर आफूले पनि विष खाएकी  पिपरिया–३ कि ३० वर्षकी गुन्द्रु देवीको ज्यान गएको छ । यस्तै १० वर्षकी छोरी चन्दाकुमारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

गुन्द्रु र चन्दाकुमारीको उपचारका लागि जिल्ला मलंगवा लैजाने क्रममा ज्यान गएको गाउँलेले बताएका छन् । विष सेवनबाट गुन्द्रु देवीकी १३ वर्षकी छोरी पूजाकुमारी र तीन वर्षकी छोरी राधाकुमारी गम्भीर बिरामी परेका छन् । उनीहरुलाई मलंगवामा उपचार हुन नसकेपछि वीरगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा गरिबीका कारण गुन्द्रु देवीले आफूसहित छोरीहरुलाई विष सेवन गराएको खुलेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी सीताराम रिजालले जानकारी दिनुभयो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । गुन्द्रु देवीका श्रीमान रामाधार पण्डितले गाउँघरमा ज्याला मजदुरी गरेर परिवारको गुजारा चलाउँदै आएका थिए ।

तपाईको प्रतिक्रिया