Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – आठौं मिडिया कप फुटबल प्रतियोगिता यही पुस २४ गतेदेखि काठमाडौंमा हुने भएको छ । दशरथ रंगशालामा हुने खेलको टाइसिट हिजो ड्र गरिएको छ ।

दुई समूहमा विभाजन गरी खेलाइने खेलको समूह ए मा नेपाल टेलिभिजन, कान्तिपुर टेलिभिजन, एभिन्युज टेलिभिजन र एपी वान टेलिभिजन परेका छन् । समूह बी मा ईमेज च्यानल, अन्नपूर्ण पोस्ट दैनिक र रेडियो नेपाल परेका छन् ।

प्रतियोगिताको लिग खेल २९ गतेसम्म हुने भएको छ भने माघ २ गते सेमिफाइल हुने छ । त्यसैगरी फाइनल भने माघ ४ गते हुने आयोजकले जनाएको छ । विजयी टिमलाई ५० हजार र उपविजेतालाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया