Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

टोकियो–पुन क्लव जापानको सधारण सभा तथा अधिवेशन नयाँ वर्ष २०१७ को शुभकामना आदानप्रदान कार्यक्रम सहित सम्पन्न भएको छ ।
सभाले पुनः प्रितम पुनको अध्यक्षतामा ३१ सदस्यीय कार्य समिति चयन गरेको छ ।
क्लवको वरिष्ठ उपाध्यक्ष्मा सुजन फगामी र राम गर्बुजा चयन भएका छन् । त्यसैगरी महासचिवमा प्रितम पुर्जा, सचिवमा थम पुर्जा, सह–सचिवमा होम कुमार फगामी, कोषाध्यक्षमा गोविन खोरजा र सह–कोषाध्यक्षमा डविन पुन चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा कुमार तिलिजा, ललित पुर्जा, राजु पुर्जा, विकास फगामी, दिलिप खोर्जा, नारायण खोर्जा, ओम पाइजा, नुल पुन, दिल पुर्जा, निल गर्वुजा, दिलिप वुदुजा, कृष्ण खोर्जा र सन्जु पुन चयन भएका छ । त्यसैगरी महिला सदस्यहरुमा रुपा वदुजा, जेनिसा तिलिजा, निर्मला गर्वुजा, उर्मिला वुदुजा, पवित्रा पुन, धना पुर्जा, सरिता तिलिजा, करिश्मा गर्जुजा र मन्जु गर्वुजा चयन भएका छन् ।
क्लवको संरक्षकमा राजु पुन र भक्त फगामी रहेका छन् ।
डिसेम्बर ३१ तारिक नेपाली इण्डियन रेष्टुरेन्ट गुराँसमा भएको सभाले अक्टोबर ३१ तारिक भएको कार्यक्रमका स्पोन्सर, सहयोगी तथा कलाकारहरुलाई सम्मान गर्नुका साथै आयव्ययको हिसाव पनि सार्वजनिक गरेको थियो ।
नेपालका विपन्न वालवालिकाहरुको सहयोगार्थ गरिएको अक्टोवर ३१ तारिकको कार्यक्रमबाट आर्जित रकम एकिकृत सृजनशील संस्थाका जुनु पुनलाई प्रदान गरिएको कुरा पनि जानकारी गराइएको थियो ।
त्यसैगरी क्लवले महावीरपुनको अगुवाइमा स्थापित राष्ट्रिय आविष्कार केन्द्रलाईसमेत सहयोग गर्ने योजना रहेको बताएको छ । भेलाले नयाँ वर्ष २०१७ को उपलक्ष्यमा एक आपसमा शुभकामना आदानप्रदान गरी नाचगानसहित रमणीय वातावरणमा ‘काउन्टडाउन इभेन्ट’ सम्पन्न गरेको थियो । ***

तपाईको प्रतिक्रिया