Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
सुर्खेत- सुर्खेत जिल्लाको मैनतडामा दुई बालिकालाई अपरिचित २/३ जना व्यक्तिहरुले ललाई फकाई जंगलतिर लगेर जबरजस्ती करणी गरेका छन् ।
जर्बजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जना युवालाई नियन्त्रणमा लिएको छ ।
मैनतडा-५ बस्ने बस्याल थरकी १२ वर्षीया र अर्की बि.क. थरकी १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर भाग्न लागेका स्थानीय १८ वर्षीय राजेश बि.क. र २१ वर्षीय दीपक बि.क.लाई पक्राउ गरेको प्रहरी समाचार कक्ष नक्सालले जनाएको छ । करणी गर्नेमा दीपक र राजेशपनि रहेका थिए ।
वेहोस बनाई छाडेकोमा स्थानीयबासीले ती दुई बालिकालाई फेला पारी स्थानीय मेडिकलमा उपचार गराएका छन् ।
उनीहरुको अवस्था हाल सामान्य रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न राजेश र दीपक जाजरकोटतर्फ भाग्न लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीले उल्लेख गरेको छ ।
तपाईको प्रतिक्रिया