Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

टोकियो – सामाजिक कार्यमा सक्रिय युवाहरुको समुह एम.आर.आरले चौथो अन्तर्राष्ट्रिय ढाका टोपी दिवस जापान टोकियो शहरको शिन ओकुबोमा मनाएका छन् ।

सामाजिक संजाल फेसबुक मार्फत नेपाल लगायत संसारका अन्य अठार देशमा सामाजिक कार्यमा सक्रिय युवाहरुको समूहले “राष्ट्र र राष्ट्रियताको प्रतिक ढाका टोपीलाई बिश्वभरि चिनाऔ“ भन्ने नाराका साथ चोथौ अन्तराष्ट्रिय ढाका टोपी दिवस मनाएका हुन् ।

सम्पूर्ण नेपाली दाजुभाईहरु बिच आपसी सद्धभाव र भाईचारा अभिबृद्धि गराउने उदेश्यले एकआपसमा ढाका टोपी लगाई नयाँबर्षको शुभकामना आदन प्रदान गर्दै एम.आर.आर. जापानको आयोजकत्वमा भब्य कार्यक्रमको आयोजना गरि मनाइएको हो ।

कार्यक्रममा सुरज खड्काको सम्योजनमा एम.आर.आर. जापन द्वारा आयोजित “सेल्फि विथ ढाकाटोपी फोटोसेशन“ प्रतियोगिताका विजयीहरुलाई पुरस्कार तथा प्रमाण पत्र बितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया