Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

नवलपरासी – परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले संविधान कार्यान्वयनका लागि प्रतिपक्ष दलहरु सहमतिमा आउनुपर्ने बताउनुभएको छ ।

एकचालीसौँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा विपी चिन्तन प्रतिष्ठान नवलपरासीले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री डा. महतले संविधान संशोधनसँगै स्थानीय निकायको निर्वाचन हुनुपर्ने विचार राख्नुभयो ।

सबै दल एकजुट भई वर्तमान समस्याको समाधान गर्नुपर्ने बताउँदै उहाँले संविधान संशोधन र स्थानीय निकायको निर्वाचन एउटै प्याकेजमा दलहरुबीच सहमतिमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले अहिलेको असहज परिस्थितिको समाधान गर्न संविधान संशोधन र स्थानीय निकायको निर्वाचन अहिलेको महत्वपूर्ण आवश्यकता रहेकाले यसबाट सरकार पछि नहट्ने स्पष्ट पार्नुभयो ।

मन्त्री डा. महतले विपीको समाजवादी विचार अहिलेको उत्कृष्ट विचार रहेको धारणा राख्नुभयो ।

तपाईको प्रतिक्रिया