Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – उपत्यकाका प्रमुख नदी सफाइ गरी १६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । बागमती सफाइको १९० औँ हप्तामा शनिबार तिलगङ्गा क्षेत्रमा सफाइ गरी ६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

स्वतः स्फूर्त रुपमा सफाइमा उपस्थित भएकालाई दुई समूहमा विभाजन गरी एक समूहले सफाइ र अर्को समूहले तिलगङ्गा क्षेत्रका घर÷घरमा छिरेर जनचेतनामूलक अभियान सञ्चालन गरेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक समिति सदस्य नारायण श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

तिलगङ्गा क्षेत्रका घर दैलोमा गई नदीमा फोहर नफालौँ, फोहर फाल्नेलाई कारबाहीको दायरामा ल्याऔँ, उपत्यकाका नदी सफाइ अभियानमा आफूलाई नजिकपर्ने स्थानमा सहभागी बनौँ भनी जागरणमूलक कार्यक्रम गरिएको सदस्य श्रेष्ठले बताउनुभयो ।

शनिबारको सफाइ महाअभियान पूर्व सचिव किशोर थापा, एलपी भानु शर्मा, डा राजु अधिकारी लगायतको नेतृत्वमा सम्पन्न भएको थियो । सफाइमा अधिकार सम्पन्न बागमती समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल विज्ञापन सङ्घ, जीवन विज्ञान नेपाल, लायन्स क्लब, न्यानो स्पर्श, एस ट्राभल्स, तिलगङ्गा महिला समूह लगायतको सफाइमा संस्थागत सहभागिता थियो ।

शनिबारदेखि बागमती सफाइ महाअभियान शङ्खमूल-गुह्येश्वरी खण्डमा केन्द्रित भएको छ । यो खण्डमा बागमती सफाइको २ सय औँ हप्तासम्म स्नानयोग्य बनाउन अभियान केन्द्रित गरिएको सफाइ महाअभियानले जनाएको छ ।

रुद्रमती सफाइको १४९ औँ हप्तामा शनिबार रातोपुल-सिफल हुँदै भण्डारेश्वर महादेव मन्दिर र कालोपुलसम्म सफा गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिनुभयो ।

सो स्थानबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरियो । प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माको नेतृत्वमा समाज, वातावरण संरक्षण अभियान, वेलकेयर अस्पताल, महानगरीय प्रहरी वृत्त गौशाला र कमलपोखरी, चारुमती मित्र समूह, भण्डारेश्वर व्यवस्थापन समिति, महानगरपालिकाका ७, ९ र ३३ वडा कार्यालयको पनि सफाइमा सक्रियता थियो ।

महानगरपालिका– ७ नं वडा नागरिक मञ्चले कालोपुलदेखि मित्रपार्कसम्मको सडकलाई फोहरमुक्त घोषणा गरेको सो अवसरमा संयोजक रमेश महर्जनले जानकारी दिनुभयो । आगामी हप्ता रुद्रमती सफाइ सुरु भएको १५० औँ हप्ताका अवसरमा बूढानीलकण्ठदेखि बुद्धनगरसम्मको नदी क्षेत्रमा सफा गरिने समाजले जनाएको छ ।

विष्णुमती सफाइको १२३ औँ हप्तामा शनिबार तारकेश्वर नगरपालिका– १६ स्थित विष्णुमती र महादेवखोलाको दोभान क्षेत्रमा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाईसँगै यस क्षेत्रमा जनचेतनामूलक कार्यक्रम पनि गरिएको अभियानकर्मी विजेन्द्र लामाले जानकारी दिनुभयो ।

सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, विष्णुमती नदीलाई छुने महानगरपालिकाका वडाका कर्मचारी, नेप्से म्याक प्रालि, आमा समूह, तारकेश्वर नगरपालिका एवम् स्थानीयवासीको सक्रिय सहभागिता थियो ।

गुह्येश्वरीमाथिको बागमती सफाइको १५१ औँ हप्तामा शनिबार सर्वेश्वर विश्रामस्थल आसपासको बागमती क्षेत्रमा सफाइ गरियो । सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिनुभयो । यस क्षेत्रको आजको सफाइमा चाल्र्स डाटर्बिन स्कुलका विद्यार्थीले घर घरमा गएर नदीमा फोहर नफाल्न अनुरोध गरे । आजदेखि प्रत्येक हप्ता विद्यार्थीलाई परिचालन गरेर जनचेतना फैल्याइने भएको छ ।

सफाइमा राम्रो जोरपाटी हाम्रो जोरपाटी, पुडासैनी मैत्री समाज, र माकालबारी टोलसुधार समिति लगायतको सक्रियता थियोे । नख्खुखोला सफाइको ६८ औँ हप्तामा शनिबार सफाइ सम्बन्धी अन्तक्र्रिया कार्यक्रम गरियो

तपाईको प्रतिक्रिया