Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

महोत्तरी – अति पिछडिएको दलित समुदाय मुसहर बस्तीका बालबालिकालाई महोत्तरीको एक प्राथमिक विद्यालयका प्रधानाध्यापकले चकलेट दिएर विद्यालयसम्म ल्याउनका लागि आकर्षित गर्दै आउनुभएको छ ।

महोत्तरी सुन्दपुर–५ स्थित दलित उत्थान प्रावि मैनटोल मुसहरीका प्रधानाध्यापक रामस्नेही ठाकुरले निजी पैसा खर्च गरेर बालबालिकालाई प्रत्येक दिन चकलेट वितरण गरिरहनुभएको छ । २०६४ सालमा एक्सन नेपाल नामक संस्थाले बाटाको छेउमा दुईकोठे अर्धपक्की भवन बनाइदिएपछि त्यस समुदायका बालबालिकालाई आफूले पढाउँदै आएको ठाकुरले बताउनुभयो ।

विद्यालय सञ्चालन भएको एक दशकसम्म जिल्ला शिक्षा कार्यालयलाई सहयोगका लागि बारम्बार आग्रह गर्दा समेत कुनै किसिमको सहयोग नपाइएको गुनासो प्रधानाध्यापक ठाकुरले गर्नुभयो । चौरासी जना विद्यार्थीले विद्यालयको स्थापनाकालदेखि नै पाठ्यपुस्तक र छात्रवृत्तिको रकम पाउन सकेका छैनन् ।

त्यस्तै एक सय ८० मुसहर समुदायको घरपरिवार बसोबास गर्ने सो बस्तीका अधिकांश बालबालिका ससाना नानी खेलाउने, घरको कामकाज गर्ने जस्ता कामकाजमा व्यस्त भएका कारण अध्ययन गर्न विद्यालयसम्म आउन सकेका छैनन् ।

तपाईको प्रतिक्रिया