Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

चितवन – परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले राष्ट्रियता मजवुद बनाउनका लागि बीपीको मेलमिलापको सिद्धान्त अहिलेको सन्दर्भमा महत्वपूर्ण रहेको बताउनुभएको छ ।

प्रजातान्त्रिक विचार समाज चितवनले ४१ औंँ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आज यहाँ आयोजना गरेको “मेलमिलाप दिवसको सन्दर्भ र सान्दर्भिकता” विषयक विचार गोष्ठीमा बोल्दै मन्त्री डा महतले बीपीको मेलमिलाप नीतिमा सबैको विचार एक हुनुपर्छ भन्ने होइन, एउटै विधिबाट देश चल्नुपर्छ भन्ने सन्देश रहेको बताउनुभयो ।

उहाँले विधिको शासनमार्फत समाज परिवर्तन आजको आवश्यकता रहेको बताउनुहुँदै राजनीतिक बहस भन्दा अवको समयमा विकासका बहस हुन जरुरी भएको विचार व्यक्त गर्नु भयो । आर्थिक रुपमा कमजोर मुलुक भएकाले विदेशीले आफ्नो दबाब देखाउन खोज्नु स्वाभाविक भएको भन्दै उहाँले विदेशीको चासो र चिन्तालाई एकैपटकमा हटाउन नसकिने बताउनुभयो ।

पछिल्लो समय राष्ट्रियतालाई गलत ठाउँबाट उठान गरिएकाले राष्ट्रियतामाथि आघात पुग्न जाने उहाँको भनाइ थियो । कार्यक्रममा नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्ष उमा रेग्मीले मेलमिलाप दिवस केवल देखावटी रुपमा मात्रै मनाउँदै आइएको बताउँदै यसलाई व्यवहारमा उतार्नुपर्ने धारणा राख्नु भयो । बीपीको मेलमिलाप नीतिले राष्ट्रियता मजवुद बनाउने बताउँदै उहाँले अहिलेको राजनीतिक सन्दर्भमा बीपीको मेलमिलाप नीतिको आवश्यकता अरु बढिरहेको छ भन्नु भयो ।

कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, सांसद रामकृष्ण घिमिरे, प्रजातान्त्रिक विचार समाजका केन्द्रीय सचिव डा ईश्वरी लौडारी, प्राडा.देवीप्रसाद कँडेललगायतले राष्ट्रिय मेलमिलापको महत्व माथि प्रकाश पार्नु भएको थियो ।

तपाईको प्रतिक्रिया