Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

टोकियो – सन् २०११ मार्च ११ तारिखका दिन जापानको उत्तर पूर्वी भागलाई केन्द्र बनाएर गएको महाभूकम्प र त्यस पछिको सुनामीका कारण बेपत्ता भएको एक बालिकाको अस्थिपञ्जर भेटिएको छ ।
जापानी सञ्चार माध्यमहरुमा प्रकाशित समाचारअनुसार फुकुसिमा केन ओकुमा सहरका बासिन्दा किमुरा युकिओकीका ७ बर्षिया छोरी युना सो महाभूकम्पमा परी बेपत्ता भएकी थिईन् । किमुराले आफ्नो छोरीको खोजी कार्य लगातार जारी राख्दा केहि दिन अघि घाँटी र चिउँडोको भागको अस्थिपञ्जर भेटाएका थिए । डिएनए परिक्षण गर्दा उनीसंग मेल खाएको खबर गत बिहिबार प्रहरीबाट प्राप्त हुँदा उनी आफ्नी छोरी आफै आएजस्तो लागेको र क्रिसमस उपहार पाएजस्तो लागेको प्रतिक्रिया दिएका थिए ।
महाभूकम्प गएको ५ बर्ष ९ महिना अर्थात २ हजार १ सय १ दिनसम्म किमुराले आफ्नो बेपत्ता भएकी छोरीको खोजी गरेका थिए । सरकारी तवरबाट खोजी कार्य रोकिएको भए पनि उनले आफ्ना साथीभाईको सहयोगमा आफ्नी छोरीको खोजी गर्दै आएका थिए । छोरीको शरीरको एक भाग मात्र पत्ता लागेकोले बाँकी भागको लागि पनि खोजी जारी राख्ने बताएका छन् ।

उनको घर नजिकै रहेको खोलाको छेउमा थुपारेको फोहोरको थुप्रोबाट युनाले त्यस बेला लगाएको एउटा जुत्ता सहित अस्थिपञ्जर भेटिएको थियो । उक्त फोहोरको थुप्रोमा उनको परिवारका बेपत्ता अन्य सदस्यहरुको कपडाहरु पनि देखिएकोले त्यो थुप्रोलाई किमुराले सम्पत्तिको थुप्रो भन्दै आफ्नो परिवारको बाँकी खोजी कार्य त्यहि थुप्रोमा केन्द्रित गर्ने बताएका छन् । सो सुनामीमा आफुजस्तै परिवार गुमाएका अन्य साथीहरुसंग उनले बाँकी खोजी कार्य जारी राख्ने बताएका छन् । अझै पत्ता नलागेका परिवारका सदस्यले सोही फोहोरको थुप्रोबाट आफुहरुलाई बोलाईरहेको हुनसक्ने किमुराको बताउँछन ।

युकिओकी छोरी युना स्कुलबाट गाडीमा घर फर्कने क्रममा सुनामीले बगाएको थियो । आफ्ना ७७ बर्षिय बुबा र ३७ बर्षिय श्रीमती सहित छोरीको खोजी गरिरहेता पनि फुकुसिमा आणबिक भट्टीको कारण सुरक्षित स्थानमा आश्रय लिन जानुपर्ने भएकोले उनी सो स्थान छोडेर जानुपरेको थियो । तर करिब ६ बर्षपछि छोरीको अस्थिपञ्जर मात्र भए पनि भेट्टिएकोमा उनी ज्यादै खुशी भएका छन् ।  सन् २०११ मार्च ११ को महाभूकम्पमा परी करिब १९ हजार जनाले ज्यान गुमाएका थिए भने करिव त्यतिनै संख्यामा बेपत्ता भएका थिए । ***

तपाईको प्रतिक्रिया