Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

टोकियो – किराँत याक्थुङ चुम्लुङ (कियाचु) जापानको तेस्रो महाधिवेशन आउँदो जनवरी २ मा टोकियोमा हुने भएको छ । ‘सहमति, सहकार्य र एकता आजको आवश्यकता, पहिचान सहितको लिम्बूवान स्वायत्तता’ भन्ने मूल नाराको साथ सिनओकुबो स्थित बारकाडे होटलमा सम्पन्न हुन लागेको हो ।

कियाचुका महासचिव भेषराज चेम्जोङका अनुसार महाधिवेशनले २७ कार्यसमिति सदस्य चयन गर्नेछ । जसमा अध्यक्ष, महासचिव, उपाध्यक्ष ३, सचिव २, सहसचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्य रहनेछन् । महाधिवेशनमा बन्द सत्र अगाडी गर्ने कि खुल्ला सत्र भन्ने विषयमा टुङ्गोमा पुगी नसकेको र पदाधिकारीको आन्तरिक बैठकले टुङ्गो लगाउने महासचिव चेम्जोङले जानकारी दिनुभयो ।

किरांत याक्थुङ चुम्लुङका एक पदाधिकारीका अनुसार अध्यक्षमा क्रमशः तिलक निङ्लेकू र उज्जल थेबेको उम्मेद्वारी रहेको छ । अथिती तथा हल व्यवस्थापन समितिका सदस्य भविन लावतीका अनुसार महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको छ । महाधिवेशनमा सहभागीको संख्या २०० सयको हाराहारीमा रहने समिति सदस्य लावतीको दावी छ ।

तेस्रो महाधिवेशन लिम्बूहरुको सांस्कृतिक धान नाच, पालाम र केलाङ आदि नृत्य प्रस्तुत गर्दै सम्पन्न गरिने आयोजक किरांत याक्थुङ चुम्लुङले जनाएको छ ।

तपाईको प्रतिक्रिया