Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – ४१ औ राष्ट्रिय मेलमिलाप तथा एकता दिवस देशभर बिभिन्न कार्यक्रम गरी मनाइदै छ । विपी कोइरालासहित नेपाली काँग्रेसका नेताहरु मेलमिलापको नीति लिएर भारतबाट स्वदेश फर्किएको ४० बर्ष पूरा भएको छ । 

आठबर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते काँग्रेस नेताहरु विपी कोइराला, गणेशमान सिंह, रामबाबु प्रसाई, शैलजा आचार्य, खुमबहादुर खड्का लगायतका नेता राष्ट्रिय एकता र मेलमिलापको नारा लिएर नेपाल फर्किनुभएको थियो । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती ब्यवस्था शुरु गरेपछि कोइराला सहितका नेतालाई ७ बर्ष जेल चलान गरिएको थियो ।

त्यसपछि २०२५ सालमा विपी सहितका काँग्रेस नेता भारत प्रवासमा जानुभएको थियो । तर भारतमा पटकपटक अपमानित समेत हुनुपरेको तथा भारतले आफ्नो अनुकुलमा नेपालको राजनीति अघि बढाउन चाहेको ठहर गर्दै विपी सहितका नेता बरु नेपालमा राजासँगै हातेमालो गर्न सकिने तर पराई भूमिमा बस्नु ठीक नहुने निष्कर्ष निकाल्दै भारतबाट त्रिभुवन विमानस्थलमा अवतरण भएका थिए । तर विमानस्थलबाटै काँग्रेस नेताहलाई पक्रेर सुन्दरीजल बन्दीगृहमा लगिएको थियो ।

त्यहि दिनको सम्झनामा पुस १६ गतेलाई मेलमिलाप दिवसका रुपमा मनाउन थालिएको हो । ४१ औ राष्ट्रिय मेलमिलाप तथा एकता दिवस देशभर बिभिन्न कार्यक्रम गरी मनाइदै छ । मेलमिलापका नीति आजका दिनमा उत्तिकै सान्दर्भिक भएको दलका नेताहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया