Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – युरोपको राजधानी बेल्जियमको ऐतिहासिक नगरि ब्रुग्गेमा ‘किराँत उधौली २०१६’ सम्पन्न भएको छ । संयुक्त किराँत समाज बेल्जियमको आयोजनामा यहि डिसेम्बर २८ का दिन ब्रुग्गे सहरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममका प्रमुख अतिथी समेत रहनुभएका यूरोपियन यूनियनका लागि नेपाली राजदूत लोक बहादुर थापाले उधौली पर्वका अवसरमा शुभकामना ब्यक्त गर्नुभयो । कार्यक्रममा बेल्जियम स्थित बिभिन्न सङ्घसंस्थाका प्रमुखहरु र छिमेकी देश जर्मनी, इंग्ल्याण्डबाट आएका अतिथिहरुले कार्यक्रमको सफलता र शुभकामना ब्यक्त सहित किराँतीहरुको प्रख्यात सांस्कृतिक नृत्यहरु च्याबरुंग, साकेला, धान नाच र अन्य नेपाली नृत्यहरू समेत प्रदर्शन गरि उपस्थित पाहुनाहरुलाई मनोरञ्जन दिएका थिए । कार्यक्रममा संस्था अध्यक्ष बिमल सुब्बाले धन्यवाद मन्तब्य राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया