Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – यस वर्षको ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ पत्रकार सूर्यप्रसाद पाण्डे र मकर श्रेष्ठले संयुक्त रुपमा पाउने भएका छन् ।

नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा गठित मूल्याङ्कन तथा छनोट समितिको सिफारिसमा रु ७५ हजार राशिको उक्त पुरस्कार दुई जनालाई प्रदान गर्ने निर्णय भएको महासंघले जनाएको छ ।

यसैगरी बैठकले पाँच विकास क्षेत्र र उपत्यकालाई १ क्षेत्र मानी ६ क्षेत्रलाई प्रदान गरिने रु २५ हजार राशिको क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ पूर्वाञ्चलबाट कोकिला ढकाल र अम्मर खड्का, मध्यमाञ्चलबाट दिवाकर भण्डारी र ध्रुव दंगाल, पश्चिमाञ्चलबाट वसन्त गिरी र कृष्ण खनाल, मध्यपश्चिमाञ्चलबाट लक्ष्मण केसी र गिरु भण्डारी, सुदूरपश्चिमाञ्चलबाट भवानी भट्ट र कृष्ण ओलीलाई सुंयक्त रूपमा प्रदान गरिने भएको छ । यसैगरी उपत्यकाबाट लिलप्रसाद चन्दलाई प्रदान गर्ने निर्णय भएको छ ।
त्यस्तै उपत्यकासहित ६ क्षेत्रका दुई-दुई जना पत्रकारलाई प्रदान गरिने रु १५ हजार राशिको ‘शिक्षा लेखनवृत्ति–२०७२’ बाट विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।

महासंघ र शिक्षा विभागले शिक्षा क्षेत्रको विकासका लागि समाचार, सूचना र विचार प्रवाह गर्ने पत्रकार, एफएम रेडियो, पत्रपत्रिका र टेलिभिजनलाई प्रतिष्पर्धाका आधारमा प्रत्येक वर्ष यी पुरस्कार प्रदान गर्दै आएको छ । उक्त पुरस्कार २०७३ पुस १९ गते मंगलबार दिउँसो महासंघ केन्द्रीय कार्यालयमा आयोजना हुने विशेष कार्यक्रममा वितरण गरिनेछ । रासस

तपाईको प्रतिक्रिया