Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

भोजपुर – नेपालकै पहिलो दलित महिला स्थानीय विकास अधिकारी (एलडिओ) सीता परियार भोजपुरमा सम्मानित भएकीछिन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज भोजपुरले आफ्नो २९ औं स्थापना दिवसका अवसरमा परियारलाई मंगलबार सम्मान गरेको हो ।

दलित समुदायको एकमात्र महिला स्थानीय विकास अधिकारी (एलडिओ) भएर दलितका लागि उदाहरणीय पात्र भएकाले कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको समाजले जनाएको छ ।

रुपकोट –२ कास्कीमा जन्मिएकी परियार भोजपुर जिल्लाको ३२ औं स्थानीय विकास अधिकारी र नेपालकै पहिलो दलित महिला स्थानीय विकास अधिकारी हुन् ।

उनले यसअघि दोलखा जिल्लाको स्थानीय विकास अधिकारीका रुपमा काम गरिसकेकी छिन् ।***

तपाईको प्रतिक्रिया