Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

टोकियो – गल्कोट समाज जापानद्वारा आयोजित नयाँ वर्ष कार्यक्रमका लागि नेपालबाट आमन्त्रित कलाकारहरु जापान आईपुगेका छन् ।

आधुनिक तथा पप गायक शिव परियार, लोक दोहोरी गायिका देवी घर्ति, लोक दोहोरी गायक, सर्जक तथा संगीतकार बसन्त थापा र हास्य कलाकार कमल गाउँले बिहीबार नागोया नागोया आईपुगेका हुन् ।
नागोया विमानस्थलमा कलाकारहरुलाई समाजका उपाध्यक्ष द्वय दिपक केसी र नरबहादुर थापाले स्वागत गरेका थिए ।हरेक वर्ष झै नयाँ वर्षको अवसरमा गल्कोट समाज जापानले जापानद्वारा प्रमुख तीन सहर क्रमशः नागोयामा डिसेम्बर ३१ तारिख, ओसाकामा जनवरी १ तारिख र टोकियोमा जनवरी २ तारिखका दिन कार्यक्रमहरु आयोजित छन् ।नेपालको बिकट तथा भूकम्प प्रभावित क्षेत्र मध्य कुनै एक स्थानमा बिद्यालय भवन निर्माण गर्ने र गल्कोट क्षेत्रमा पर्यटन क्षेत्रको बिकास एवं बिस्तार गर्ने उद्देश्यले नयाँ वर्षो कार्यक्रमहरु आयोजना गरिएको सो समाजले जनाएको छ ।***

 

तपाईको प्रतिक्रिया