Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – नेपाल र भारतबीच बिजुली खरिदसम्बन्धी नयाँ सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार नेपालले भारतबाट थप ८० मेघावाट बिजुली किन्ने भएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको विद्युत विकास निगमका प्रमुख कार्यकारी अधिकृत अरुणकुमार गर्गले नयाँ दिल्लीमा सम्पन्न सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सुख्खायाममा नेपालमा लोडसेडिङ हुने सम्भावना देखिएपछि घिसिङसहितको प्रांधिकरणको टोली केही दिनअघि भारत गएको थियो ।

सम्झौअनुसार मुजफ्फरपुर – ढल्केबर प्रसारण लाइनबाट नेपालले ८० मेगावाट बिजुली प्राप्त गर्ने छ ।

तपाईको प्रतिक्रिया