Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

टोकियो – सन् २०२० सम्ममा जापान सरकारले सार्बजनिक पार्क, स्कुल, संग्रहालय लगायतका सार्बजनिक स्थलहरुमा अब वायरलेस इन्टरनेट सुबिधा उपलब्ध गराउने भएको छ । जापान सरकारको सञ्चार मन्त्रालयका अनुसार देशभरका करिब ३० हजार सार्बजनिक स्थानहरुमा यस किसिमको सुबिधा उपलब्ध गराईने योजना रहेको छ ।

यि स्थानहरुमा निःशुल्क इन्टरनेटको सुबिधा उपलब्ध गराई साधारण अवस्थामा पर्यटन र शिक्षाको लागि उपयोग गरिने र बिपदको बेलामा आश्रयस्थलको पहिचान गर्ने तथा सुरक्षाको अवस्थाको बारेमा जानकारी आदानप्रदान गर्नका लागि उपयोग गरिने बताईएको छ । यो योजनाका लागि सरकारले सन् २०१७ देखि २०२० सम्म करिब १० अर्ब येन लगानी गर्ने योजना रहेको छ ।

बिशेष गरी बिपदको बेलामा आश्रय स्थलको रुपमा तोकिएका सरकारी बिद्यालयहरु, स्थानिय निकायका भवनहरु र पार्कहरुमा निःशुल्क वायरलेस इन्टरनेट उपलब्ध गर्ने योजना रहेको छ । भूकम्प लगायतका बिपदको अवस्थामा मोबाइल फोन र ल्याण्डलाइन फोनहरु ब्यस्त भई सम्पर्क हुन कठिन हुने हुँदा भबिष्यमा आइपर्ने प्राकृतिक प्रकोपको समयमा तुरुन्तै आफ्नो अवस्थाको बारेमा जानकारी दिन सक्ने गरी यो ब्यवस्था मिलाउन खोजिएको हो । गत बर्षको कुमामोतो भूकम्पमा पनि वायरलेस इन्टरनेटले धेरै मानिसहरु लाभान्वित भएका थिए । स्कुल तथा पार्कहरुमा उक्त सुबिधा उपलब्ध गरिने भएकोले स्कुलको पढाई र पर्यटकहरुलाई जानाकारी लिनका लागि पनि उपयोगी हुने अपेक्षा गरिएको छ ।

सन् २०२० मा जापानको राजधानी टोकियोमा आयोजना हुन लागेको ओलम्पिक अघि जापान भ्रमणमा आउने बिदेशी पर्यटकहरुलाई लक्षित गरी जापान सरकारले बिभिन्न सुरक्षा बिधीहरु अपनाउने योजना बनाएको पनि समाचारहरुमा प्रकाशित भएका छन् । ***

तपाईको प्रतिक्रिया