Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

टोकियो – जापान सरकारले आर्थिक बर्ष २०१७ देखि बिदेशीहरुका लागि भिसा प्रक्रियामा लाग्ने समय अर्थात आवेदन देखि नतिजा आउने बेलासम्मको आवश्यक समयको बारेमा कानुन मन्त्रालयको अनलाईन मार्फत सार्बजनिक गर्ने योजना बनाएको छ ।

बिदेशीहरुको भिसाको प्रकार अनुसार आवेदन गरेदेखि त्यसको नतिजा प्राप्त गर्ने दिनसम्म लाग्ने समयावधी फरक पर्ने र त्यसको अनुमान गर्न कठिन भएको भन्ने गुनासोहरु बृद्धि भएकोले यस किसिमको ब्यवस्था गर्न लागेको कानुन मन्त्रालयलाई उद्दृत गर्दै योमिउरी सिन्बुनले प्रकाशित गरेको छ ।

जापानमा बिदेशी नागरिकहरु २७ प्रकारका बिभिन्न भिसा स्टाटसमा रहेका छन् । उनीहरुको भिसाको प्रकार अनुसार उनीहरुले गर्ने कामको प्रकार र काम गर्न मिल्ने अधिकतम समय निर्धारण गरिएको छ । बिदेशी नागरिकहरुले आफ्नो भिसाको म्याद सकिएपछि त्यसको नबिकरण तथा भिसाको स्टाटस परिवर्तन गर्नुपरेमा अध्यागमनमा सोही अनुसारको आवेदन दिनुपर्ने हुन्छ ।

बिदेशी नागरिकहरुको भिसाको स्टाटस परिवर्तन तथा नबिकरणका लागि साधारणतया २ हप्तादेखि १ महिनासम्म लाग्ने कानुन मन्त्रालयले जनाएको छ । तर भिसाको स्टाटस तथा प्रक्रियामा हुने भिन्नता अनुसार आवेदन पछिको अनुसन्धानको अवधी फरक पर्ने हुन्छ । मन्त्रालयले अघिल्लो बर्षहरुको तथ्याङ्कको बिश्लेषण गरी फरक फरक खालका आवेदनमा सो संग मेल खाने जानकारी सार्बजनिक गर्ने योजना बनाएको हो ।

पछिल्लो समयमा जापान सरकारले बिदेशी नागरिकहरुलाई पनि जापानमा बस्न सहज बनाउने उद्देश्यका साथ बिभिन्न योजनाहरु सार्बजनिक गरिरहेको छ । कानुन मन्त्रालयको यो योजनालाई पनि त्यसकै रुपमा लिन सकिन्छ ।***

तपाईको प्रतिक्रिया