Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – भारतको सिलिगुढीमा जारी चौथो साफ महिला फुटबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।

पहिलो खेलमा भुटानलाई हराएको नेपालले बुधबार भएको दोस्रो खेलमा माल्दिभ्समाथि ९–० को फराकिलो जित निकाल्यो । पहिलो खेलमा ६ गोल गरेकी साबित्रा भण्डारीले माल्दिभ्सविरुद्ध पनि ५ गोल गरिन् । बुधबारका खेलमा मञ्जलीकुमारी योञ्जन, सपना लामा, हिराकुमारी भुजेल र निर्मला बिकेले पनि एक–एक गोल थपे । यो जितसँगै नेपालले सेमिफाइनल पुग्ने संभावना बलियो पारेको छ ।

नेपालले समुहको अन्तिम खेलमा शुक्रबार श्रीलंकासँग खेल्नेछ । शुक्रबार नै भुटान र माल्दिभ्स भिड्नेछन् । यी दुई खेलको परिणामपछि समूहबाट सेमिफाइनल पुग्ने दुई टोलीको टुंगो लाग्नेछ ।

तपाईको प्रतिक्रिया