Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – सरकारले आगामी शैक्षिक सत्रदेखि सूचनाको हकसम्बन्धी विषय नयाँ पाठ्यक्रम समावेश गर्ने भएको छ ।

राष्ट्रिय सूचना आयोगको पहलमा तयार गरिएको पाठ्यक्रमसहित ऐच्छिक विषयका रुपमा आगामी शैक्षिक सत्रदेखि मुलुकभर कक्षा ६ देखि उक्त विषय पढाउन लागिएको हो ।

आयोगका आयुक्त यशोदा तिमिन्सिनाका अनुसार अगामी शैक्षिक सत्रदेखि पढाई हुने सूचनाको हक विषय पढ्ने विद्यार्थीलाई छात्रवृद्धि दिने तयारी आयोगले गरेको छ । सामुदायिक रेडियो प्रसारक सङ्घ(एकोर्याव)ले आयोजना गरेको गोष्ठीमा उहाँले सबैलाई सूचनाको पहुँच भएपछि नागरिक आर्थिक तथा अन्य तवरले सबल हुने बताउँदै त्यसका लागि सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

गोष्ठीमा नागरिक राष्ट्रिय दैनिकका सम्पादक गुणराज लुईंटेलले सार्वजनिक वित्तका विषयका सकारात्मक समाचारलाई प्राथमिकता दिँदा समाजको सशक्तीकरणमा ध्यान दिनुपर्ने बताउनुभयो । अर्थशास्त्री गोपाल तिवारीले वित्तीय अनुशासनलाई कायम राख्दै आर्थिक विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले त्यसका लागि सञ्चार माध्यमको समाचार कक्षलाई सबल बनाउनुपर्नेमा समेत जोड दिनुभयो ।

एको¥यावका कार्यकारी निर्देशक डा. आरसी लामिछाने पत्रकारले उठाएका विषयले आर्थिक एवम् सामाजिक विकासमा सहयोग पुग्ने भएकाले पत्रकारलाई सक्षम बनाउनुपर्ने बताउनुभयो ।

आज सम्पन्न गोष्ठीमा ३० जनाभन्दा बढी आर्थिक एवम् सामाजिक क्षेत्रमा समाचार लेख्दै आएका पत्रकारको सहभागीता थियो ।

तपाईको प्रतिक्रिया