Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बेलायतसँगको आपसी सम्बन्धलाई अझ उन्नत, सुमधुर र सुदृढ तुल्याउने सरकारी चाहना अभिव्यक्त गर्नुभएको छ ।

नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको दुईसय वर्ष पूरा भएको अवसरमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आज परराष्ट्र मन्त्रालयमा आयोजना गरेको ‘नेपाल–बेलायत कूटनीतिक सम्बन्धका दुई शताब्दी’ विषयक कार्यशालाको उद्घाटन गर्दै उहाँले त्यस्तो अभिव्यक्ति दिनुभएको हो ।

मुलुकको आर्थिक, सामाजिक, मानव संसाधन विकास, भौतिक पूर्वाधार निर्माणलगायत क्षेत्रमा बेलायती सहयोग प्राप्त भइरहेको बताउँदै परराष्ट्रमन्त्रीले अब बेलायतको निजी क्षेत्रको लगानी नेपाल भित्र्याउनेमा केन्द्रित हुनुपर्छ भन्नुभयो । बेलायतसँगको निर्यात व्यापार वृद्धिलाई पनि उत्तिकै प्राथमिकताका साथ अघि बढाउनुपर्ने विचार व्यक्त गर्दै मन्त्री महतले देशको आर्थिक विकास वर्तमान सरकारको प्रमुख लक्ष्य भएको स्पष्ट गर्नुभयो ।

परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले नेपाल र बेलायतबीचको सम्बन्ध पारस्परिक विश्वास र सहयोगमा आधारित रहेको चर्चा गर्दै दुवै देशले आपसी चासो र स्वार्थका विषयमा द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय मञ्चमा पनि सहकार्य गर्दै आएको चर्चा गर्नु भयो । यहाँस्थित बेलायती दूतावासका उपप्रमुख क्याथरिन स्मिटनले आफ्नो देश नेपालको सबैभन्दा ठूलो विकासको साझेदार भएको र विकासका परियोजना कार्यान्वयन गर्न सर्वाधिक सहायता राशि उपलब्ध गराउँदै आएको बताउनुभयो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक पन्नाकाजी अमात्यले नेपाल–बेलायत बहुआयमिक सम्बन्धका विविध पक्षबारे चर्चा गर्नुभयो । कार्यशालामा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा त्रिरत्न मानन्धर, बेलायतका लागि पूर्व राजदूत सुरेशचन्द्र चालिसेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया