Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनपछि मात्र स्थानीय निकायको निर्वाचनमा जानुपर्ने बताउनुभएको छ ।

“संविधान संशोधन गरी मेधसी समुदायका मुद्दा सम्बोधन गरेपछि मात्र स्थानीय, प्रदेश र सङ्घीयको निर्वाचनमा जानुपर्छ, यदि संशोधनबिना नै निर्वाचनको घोषणा गरियो भने मधेसी मोर्चालाई स्वीकार्य हुँदैन”–रिपोटर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा अध्यक्ष यादवले भन्नुभयो ।

अध्यक्ष यादवले संविधान संशोधन र स्थानीय निकायको निर्वाचनमा नेकपा (एमाले) र नेपाली काँग्रेसले दोहोरो चरित्र देखाएको भन्दै त्यसो नगर्न अपिल पनि गर्नुभयो । लामो समयदेखि अवरूद्ध संसद् खुलाएर संविधान संशोधनलाई संसदीय प्रक्रियामार्फत टुङ्गो लगाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

एक प्रश्नको जवाफमा अध्यक्ष यादवले भन्नुभयो,–“पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालसँग पार्टी एकताबारे सम्भावना भए पनि त्यसबारेमा अहिलेसम्म छलफल मात्रै भएको छ ।”

उहाँले (एमाले) र काँग्रेसले विभिन्न बहानामा सङ्घीयता, गणतन्त्रलगायत अहिलेसम्मका उपलब्धी जोगाउने भन्दा पनि गुमाउने तर्फ बढी भूमिका खेलिरहेको आरोप लगाउनुभयो ।

तपाईको प्रतिक्रिया