Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

मोरङ – पूर्वपश्चिम राजमार्गमा बयरवन–९ मा आज बिहान टिपरको ठक्करबाट आज बिहान मोटरसाइकल चालक र उनकी श्रीमतीको मृत्यु भएको छ । 

बिहान साढे ६ बजेतिर पूर्वबाट पश्चिम जाँदै गरेको नम्बर नखुलेको टिपरले विपरीत दिशाबाट आउँदै गरेको को २२ प ४३८४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ पथरीशनिश्चरे–८ स्थित भुटानी शरणार्थी शिविरमा बस्ने ४५ वर्षीय धनकुमार राई र उनकी ३५ वर्षीया पत्नी विष्णुमायाको मृत्यु भएको हो ।

धनकुमारको घटनास्थलमै र मोटरसाइकलको पछाडि सवार विष्णुुमाया गम्भीर घाइते भएकाले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा साढे ८ बजे निधन भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

ठक्कर दिने टिपरसहित त्यसका फरार चालकको खोजी भइरहेको छ ।

तपाईको प्रतिक्रिया