Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

राजविराज – मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादवले संविधान संशोधन प्रक्रिया अवरुद्ध गरेर एमालेले देशमा ठूलो सङ्कट ल्याउन खोजेको आरोप लगाउनुभएको छ ।

सो पार्टीका सप्तरी शाखाले आज राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो – संविधान संशोधनका विषयमा संसद अवरुद्ध गरिरहनु एमालेको गैरराजनीतिक चरित्र हो ।’

अध्यक्ष यादवले “यथास्थितिमा हामी संविधान स्वीकार गर्न नसक्ने र एमालेले परिवर्तन स्वीकार गर्न नसक्ने भएपछि मुलुक थप जटिलतातर्फ उन्मुख हुँदै गएको छ,” भन्दै एमालेको हठका कारण लामो समयसम्म संविधान संशोधन अवरुद्ध भए यसले मुलुकलाई आरजकतातर्फ डोर्याउँछ बताउनुभयो ।

नेकपा (एमाले) जनभावनाविपरीत यथास्थिति र पश्चगमनको बाटोमा लागेको आरोप लगाउदै उहाँले पछिल्लो गतिविधिले एमालेले घोर दक्षिणपन्थीहरुको नेतृत्व गरिरहेको स्पष्ट हुन्छ भन्नुभयो ।

अध्यक्ष यादवले आदिवासी जनजाति, मधेसी, दलितलगायतका सिमान्तकृत समुदायको माग अब पनि सम्वोद्धन नभए मधेसी मोर्चा आन्दोलनमा जाने र आन्दोलनबाट नै अधिकार सुनिश्चितताको बाटो खोजिने स्पष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया