Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – काठमाडौँ उपत्यकाबाट निस्कने फोहोरमैलाको दीर्घकालीन व्यवस्थापन गरी उपत्यकालाई स्वच्छ, सफा, सुन्दर, सुरक्षित र व्यवस्थित बनाउने विषयमा छलफल गरिएको छ ।
सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले काठमाडौँ उपत्यकाका २२ वटै नगरपालिकाका कार्यकारी प्रमुखलाई आज मन्त्रालयमा बोलाई आ–आफ्नो नगर क्षेत्रबाट निस्कने फोहोरमैला दीर्घकालीन रुपमा आफैँले व्यवस्थापन गर्न निर्देशन दिनुभयो । काठमाडौँ महानगरपालिकाले फोहोरबाट बिजुली निकालेर ‘मोहोर’ आम्दानी गर्न थालेको उदाहरण दिँदै उहाँले फोहोर व्यवस्थापनको वैकल्पिक उपायलाई तत्काल आ-आफ्नो नगरमा सञ्चालन गर्न आग्रह गर्नुभयो ।
घरमा कुहिने र नकुहिने गरी छुट्टयाइएको फोहोर एउटै गाडीमा हालेर लैजाने गरेको पाइएको भन्दै उहाँले नगरपालिका वा निजी क्षेत्रले फोहोर उठाउँदा छुट्टाछुट्टै गाडीको प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नगरका प्रत्येक घरबाट निस्कने फोहोरलाई घरमै कुहिने र नकुहिने गरी छुट्टयाउन सहयोग गर्नुहोस्, कुहिने फोहोरलाई खाल्डो वा ‘कम्पोस्ट विन’ मा हाल्ने र नकुहिने फोहोरलाई मात्र ल्याण्डफिल साइटमा लैजाने व्यवस्था मिलाउनुहोस् ।” उपत्यकाका नगरपालिकाले फोहोर मात्रै उत्सर्जन गर्ने गरेको र ती फोहोर कहाँ, कसरी व्यवस्थापन गर्ने गरिएको छ भन्ने विषय पनि सोचनीय रहेको भन्दै मन्त्री पाण्डेले २२ वटै नगरपालिकाका कार्यकारी प्रमुखलाई १५ दिनभित्र हाल उपत्यकाको फोहोरको व्यवस्थापन गरिँदै आइएको नुवाकोटको सिसडोलस्थित ल्याण्डफिल साइटको अवलोकन गर्न निर्देशन दिनुभयो ।
यही पुस १ गतेदेखि सार्वजनिक सवारीका साधनमा फोहोर सङ्कलन गर्ने भाँडाको व्यवस्था गरिएको बताउँदै उहाँले यस अभियानलाई आ-आफ्नो नगर क्षेत्रमा प्रचारात्मक रुपमा अघि बढाउन आग्रह गर्नुभयो । नेपाल प्रहरी, ट्राफिक प्रहरी र वडा नागरिक मञ्चका प्रतिनिधि सम्मिलित टोली बनाएर ठीक ठाउँमा फोहोर फाले/नफालेको अनुगमन गर्नुपर्ने उल्लेख गर्दै उहाँले तोकिएको स्थानभन्दा बाहिर फोहोर फाल्नेलाई जरिवाना गरिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया