Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

चितवन – चन्डिभञ्ज्याङ गाविस–६ कालीखोलामा गएराति रात्रिबस खस्दा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।

घटनास्थलमा रहनुभएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार काठमाडौंबाट मलङ्गवातर्फ जान आउँदै गरेको ना ४ ख ५४४२ नंको रात्रिबस राति १२ः४० बजे सडकबाट करिब १०० मिटर तल खोलामा खसेको हो । बसभित्र सिटमा च्यापिएर सिरहा जिल्लाको लक्ष्मीपुर पटाहाका ३३ वर्षीय धर्मराज मण्डलको मृत्यु भएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।

घाइतेमध्ये १९ जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ भने पाँचको अवस्था गम्भीर भएको अस्पतालले जनाएको छ । अन्य घाइते सामान्य उपचारपछि घर फर्किएका छन् । बस त्रिशूली नदीमा पुग्नुभन्दा २० मिटरमाथि खोचमा अड्किएकाले ठूलो क्षति हुनबाट जोगिएको छ ।

राति १ः१५ बजेबाट नेपाल प्रहरी र जनपद प्रहरीले उद्धार थालेका थिए । बस खसेको ठाउँमा डोरीको सहायताले झरेर उद्धार गरिएको हो । यो घटनास्थल मुग्लिङबाट तीन किलोमिटर नारायणगणतर्फ पर्दछ ।

तपाईको प्रतिक्रिया