Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

टोकियो – होक्काइदो क्षेत्रमा भारी हिमपातका कारण सिनचितोसे बिमानस्थलका उडानहरु अवरुद्ध हुंदा बिमानस्थलमा रहेका चिनिया पर्यटकहरुले बिरोध प्रदर्शन गरेका छन । सो बिमानस्थलमा उडान पर्खेर बसेका करिब सय जना चिनिया पर्यटकहरु र बिमानस्थल कर्मचारी बिच शनिबार बेलुकी हात हालाहालको स्थिति सम्म आएको एनएचके टिलिभिजनले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार राती ८ बजेतिर उडान पर्खेर बसेका करिब सय जना सहित लिएर उड्ने बिमानको उडान भारी हिमपातका कारण स्थगित भएपछि उनीहरु आक्रोशित भई बिरोध जनाएका थिए । उनीहरु मध्ये केहि ब्यक्तिहरु बिना अनुमति बोर्डिंग गेट तथा निषेधित क्षेत्रमा प्रबेश गर्ने गरेकोले बिमानस्थलका कर्मचारी र प्रहरीले रोक्न खोज्दा ठेलमठेल र हात हालाहालको स्थिति बनेको हो । उक्त स्थिति रातभर जारी रहेको भएपनि प्रहरीको संख्या बढाई आइतबार बिहानतिर स्थिति साम्य भएको समाचारमा जनाईएको छ ।

सो घटनामा भिड्ले धकेलेर बिमानस्थलकी एक महिला कर्मचारी भुईंमा ढल्न पुगेको र २ जना पर्यटकहरुको स्वास्थ्य स्थिति असामान्य बन्न पुगेकोले एम्बुलेन्समा नजिकैको अस्पताल लगिएको प्रहरीले जानकारी गराएको छ । तर ठूलो घाउचोट भने कसैलाई पनि नलागेको समाचारमा उल्लेख छ । सो क्षेत्रमा भएको भारी हिमपातका कारण सिनचितोसे बिमानस्थलबाट उड्ने अन्तरराष्ट्रिय उडानहरु ३ दिनसम्म लगातार स्थगित गरिएको थियो । जसमा ३९ अन्तरराष्ट्रिय सहित ६०७ उडान रद्ध गरिएको थियो । जसका कारण करिब ११ हजार ६सय जना यात्रुहरु ३ दिनसम्म बिमानस्थलमै अलपत्र परेका थिए । हेर्नुहोस भिडियो…

तपाईको प्रतिक्रिया