Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश संकटको चक्रव्यूहमा फसेको बताउनु भएको छ ।

आज भक्तपुर नगरपालिका लिवालीमा लायन्स फिटनेस क्लबको उद्घाटन गर्दै थापाले देश अत्यन्तै दुःखद घडीमा गुज्रिरहेको बताउनुभयो । राजनीतिक अराजकता र अस्थिरताले गर्दा देशमा लगानी गर्ने वातावरणसमेत नभएको टिप्पणी गर्दै उहाँले नागरिकको दैनिक जीवनमा कठिनाई परेको थापाको भनाई थियो ।

नेपाली जनताले ठूला तीन दलको विकल्प खोजेको अवस्थामा दुई राप्रपाबिच एकीकरण भएको चर्चा गर्दै उहाँले राप्रपा जनताले रोजेको दल हुने दाबी गर्नुभयो ।

तपाईको प्रतिक्रिया