Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – विश्व चर्चित बेलायती पप गायक जर्ज माइकलको ५३ बर्षको उमेरमा मृत्यु भएको छ ।
सन् १९८० को दशकमा गायन क्षेत्रमा निकै ख्याती कमाएका जर्ज माइकलको हृदयाघातका कारण निधन भएको परिवारले जनाएका छन् । चार दशकसम्म गायन क्षेत्रमा रहेका जर्ज माइकलको १० करोड एल्बम बिक्री भइसकेका छन् । सन् १९८७ को उनको एल्बम फेथ निकै लोकप्रिय बनेको थियो ।
गायन, लेखन र निर्माण पनि उत्तिकै पोख्त जर्ज माइकलका लास्ट क्रिसमस, केयरलेस ह्वीसपर र फ्रीडम जस्ता गीतले विश्वमा हलचल मच्चाएको थियो ।
सन् २०११ मा निमोनिया भएपछि कन्सर्टमा कमै देखा परेका माइकलको निधनले उनका प्रशंसकहरु दुःखी बनेका छन् ।

तपाईको प्रतिक्रिया