Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनमार्फत मुलुकलाई एकताबद्ध गर्दै संविधान कार्यान्वयनको चुनौतीको सामना गर्दै अगाडि बढ्नु आजको प्रमुख आवश्यकता भएको बताउनुभएको छ ।
एकसय चौबिसौँ माओ दिवसका अवसरमा आज एक शुभकामना सन्देश दिनुहुँदै उहाँले प्राप्त उपलब्धिको जगमा क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्न सम्पूर्ण नेता, कार्यकर्ता र आम जनसमुदायमा हार्दिक अपिल गर्नुभएको छ । अध्यक्ष दाहालको सन्देशमा भनिएको छ, ‘माओले दर्शनको क्षेत्रमा विकास गर्नुभएको एकता, सङ्घर्ष र रुपान्तरणको नियम, दुईको एकमा समायोजन होइन, एकको दुईमा विभाजनको नियमको विस्तार, अर्थशास्त्रको क्षेत्रमा क्रान्तिलाई पक्र, उत्पादन बढाऊ भन्ने मान्यता, वैज्ञानिक समाजवादको क्षेत्रमा दीर्घकालीन जनयुद्धको रणनीति, नयाँ जनवादी राज्य व्यवस्थाको ढाँचा र सर्वहारा अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्त आदि माक्र्सवाद–लेनिनवादको विकासमा सार्वभौम योगदान थिए ।’
चीनको हुनान प्रान्तको साओसानमा आजकै दिन अर्थात् १९९३ डिसेम्बर २६ मा माओत्से तुङको जन्म भएको थियो । माओ चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक नेता तथा नयाँ जनवादी चीनका संस्थापक हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया