Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

सुनसरी – सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा एथेलेटिक्समा आर्मीकी सरस्वती भट्टराईले तेस्रो स्वर्ण पदक जित्नुभएको छ ।

सोमबार बिहान भएको ८ सय मिटर दौडमा आर्मीकै सानुमाया कार्कीलाई पछि पार्दै सरस्वतीले प्रतियोगितामा तेस्रो स्वर्ण पदक जित्नुभएको हो ।  ।

उहाँले ८ सय मिटरको दूरी २ मिनेट १९ दशमलव ४२ सेकेण्डमा पूरा गर्नुभयो । आर्मीकै सानुमायाले २ मिनेट २५ दशमलव ५६ सेकेडमा दूरी पार गरेर रजत पदक जित्नुभयो ।

सुदूरपश्चिमकी १५ वर्षकी सिमा कुमारी चौधरीले कास्य पदक हात पार्नुभयो । इटहरीमा रहेको रङ्गशालामा खाली खुट्टामा दौडिएकी चौधरीले २ मिनेट ३१ दशमलव ६२ सेकेण्डमा ८ सय मिटरको दूरी पार गर्नुभयो। यस अघि सरस्वतीले १५ सय मिटर र ४ गुणा ४ रिलेमा स्वर्ण जित्नुभएको थियो  ।

तपाईको प्रतिक्रिया