Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं  – राजनीतिक गतिरोध अन्त्यका लागि सोमबार ७ दलका नेताबिच छलफल हुँदैछ । सभामुख ओनसरी घर्तीको पहलमा कांग्रेस, एमाले माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र तराई मधेस लोकतान्त्रिक पार्टीका शीर्ष नेताबिच छलफल हुन लागेको हो ।

बैठक दिउँसो ३ बजेपछि सिंहदरबारमा हुने सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो । सिंहदरबारमा पुस ४ गतेको छलफलमा दुई दिनभित्र सहमति खोज्ने बताएपनि तीन दलका शीर्ष नेताले छलफल समेत नगरेका बेला सभामुख घर्तीले सात दलका नेतालाई छलफलका लागि बोलाउनुभएको हो ।

यसैबिच नेपाली कांग्रेसले राजनीतिक गतिरोधका विषयमा सोमबार पनि छलफल गर्दैछ । आइतबार सुरु भएको पदाधिकारी, पूर्व पदाधिकारी र केन्द्रीय सदस्यको बैठक फेरि बस्ने कांग्रेसले जनाएको छ । आइतबारको बैठकमा कांग्रेस नेताहरुले पुरानै संरचना अनुसार स्थानीय निकायको चुनाव गर्नुपर्नेमा जोड दिएका थिए ।

आइतबारको बैठकमा एमालेले संसद खुल्न नदिनु गैरलोकतान्त्रिक चरित्र भएको भन्दै चुनाव गर्ने विषयमा दलहरुबिच सहमति खोज्नुपर्ने र यसका लागि नेतृत्वले पहलकदमी लिनुपर्नेमा धेरैजसो नेताहरुले जोड दिएका थिए । बैठकमा अहिलेको गतिरोध अन्त्यका विभिन्न विकल्प र ठूलो दलका नाताले कांग्रेसको भूमिकाका बारेमा पनि छलफल हुनेछ ।

तपाईको प्रतिक्रिया