Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं  – इजरायल तथा अमेरिकाबिच तनाव बढ्दै गएको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले अवैध इजारायली बस्ती हटाउने सम्बन्धी प्रस्ताव पारित गरेपछि दुई देशबिच तनाव उत्पन्न भएको हो ।

अमेरिकाले भिटो प्रयोग गर्न अस्वीकार गरेपछि पश्चिमी तट तथा पूर्वी जेरुसेलममा रहेका अवैध इजरायली बस्ती हटाउने सम्बन्धी प्रस्ताव सुरक्षा परिषदले पारित गरेको हो ।

अमेरिकाले मतदानमा पनि भाग लिएन । पछिल्लो घटनाक्रममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राजदूतको सरुवा गर्नु भएको छ । विदेशमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नु भएका नेतन्याहुले अमेरिकी राजदूत डेन शापिरोलाई आफ्नो कार्यालयमा ल्याउनु भएको हो ।

अमेरिकी राजदूत शापिरोको सरुवा गर्नुअघि नेतन्याहुले सुरक्षा परिषदमा शुक्रबार प्रस्तावको पक्षमा मतदान गर्ने १४ देशका राजदूतको सरुवा गर्नु भएको थियो । इजरायली प्रधानमन्त्री नेतन्याहुले भन्नुभयो ‘जो मित्र हुन्छन्, उसले आफ्नो साथी राष्ट्रलाई सुरक्षा परिषदमा धकेल्दैनन् ।’

सन् १९७९ पछि पहिलो पटक परिषदमा यस्तो परिषद आयो जसमा इजरायली बस्तीलाई अवैध भनिएको छ । यसअघि अमेरिकाले यस्तो प्रस्ताव परिषदमा ल्याउन दिएको थिएन ।

इजिप्टले तयार पारेको प्रस्ताव सुरक्षा परिषदमा छलफल हुँदा इजरायलले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई हस्तक्षेप गर्न लगाइ प्रस्ताव फिर्ता गराएको थियो । तर अहिले पारित भएको प्रस्ताव मलेसिया, न्युजिल्याण्ड, सेनेगल र भेनेजुएलाले दर्ता गरेका थिए ।

परम्परागत रुपमा इजरायलको पक्षमा रहँदै आएको अमेरिकाले यसपटक भने भिटो प्रयोग गर्न अस्वीकार गर्‍यो । मतदानमा पनि सहभागी भएन । यसले गर्दा प्रस्ताव पारित भएको हो ।

यहुदी बस्ती इजरायल र प्यालेस्टाइनबिच विवादको कारण बन्दै आएको छ । यसैले गर्दा दुई देशबिच तनाव छ भने त्यस क्षेत्रमा हिंसा पनि भड्किने गरेको छ ।

इजरायलले सन् १९६७ मा वेष्ट ब्यांक र पूर्वी जेरुसेलम प्यालेस्टाइनबाट नियन्त्रणमा लिएको थियो । त्यसबेला देखि यि दुई क्षेत्रमा एक सय ४० बस्तीमा पाँच लाख यहुदी बस्दै आएका छन् । अन्तर्राष्ट्रिय कानुन अनुसार यि बस्ती अवैध हुन् । तर इजरायलले अस्वीकार गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया