Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले पुँजीगत खर्च ज्यादै न्यून भएकाले मन्त्रालयले लिएको लक्ष्य पूरा गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

मन्त्रालयले आज ललितपुरमा आयोजना गरेको आव २०७३/७४ को प्रथम चौमासिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समितिको ३८ औँ बैठकलाई सम्बोधन गर्दै उहाँले दोस्रो चौमासिकमा प्रथम चौमासिकको कमीकमजोरी क्रमशः हल गर्दै जनतालाई प्रतिफल दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो चौमासिकमा धेरै भौतिक प्रगति हासिल गर्न सकिने भए पनि यसको गति निकै सुस्त छ, यसलाई तीव्र पारौँ ।”

बेरुजु फछ्र्योट र काम नगर्ने प्रवृत्ति अन्त्य नगर्ने हो भने मन्त्रालयले लिएको लक्ष्य हासिल गर्न नसकिने उल्लेख गर्दै उहाँले राम्रो काम गर्नेलाई पुरस्कृत र काम नगर्नेलाई दण्डित गरिने प्रक्रिया अघि बढाइने बताउनुभयो । मन्त्री पाण्डेले निरीक्षण, अनुगमन र मूल्याङ्कन महत्वपूर्ण कडी भएको बताउँदै यसलाई अझै तिव्रताका साथ अगाडि लैजान मन्त्रालय मातहतको महाशाखा, विभाग र शाखालाई निर्देशन दिनुभयो ।

विभिन्न योजनाको अख्तियारी पठाइसकेपछि पनि कार्यान्वयनमा नआउनु गम्भीर विषय भएको बताउँदै उहाँले भन्नुभयो, “सरकारको नीति, बजेट कार्यान्वयन गर्नेपर्छ, समस्या परेर आयोजनाको कार्यान्वयन हुन नसकेको हो भने गाँठो फुकाउ, होइन भने बेलैमा सोचौँ ।”

सो अवसरमा सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले मन्त्रालयले लिएको लक्ष्य हासिल गर्न पुँजीगत खर्च नहुनुको कारण खोजी गरिनुपर्ने बताउनुभयो । मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले सरकारको लक्ष्यअनुसार उपलब्धि हासिल गरेर जनताका मुहारमा खुसी ल्याउन आग्रह गर्नुभयो । कार्यतालिका बनाएर काम गर्नुपर्ने बताउँदै उहाँले समयमै काम नगर्नेलाई कारबाही गर्नुपर्छ भन्नुभयो ।

सो अवसरमा मन्त्रालयका सहसचिव मधुसुदन बुर्लाकोटीले चालु आवको प्रथम चौमासिकमा चालु खर्चमा २४.३२ र पूँजीगत खर्चमा ७.२१ प्रतिशत वित्तीय प्रगति हासिल भएको बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया