Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

टोकियो – युथ फर अलको आइतवार टोकियोमा भएको तेस्रो साधारण सभाले बाबुराम पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।

नयाँ बर्षको शुभकामना आदानप्रदान र विविध साँस्कृतिक कार्यक्रमसहित भएको तेस्रो साधारण सभाद्वारा सर्बसम्मत गठित २१ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्ष त्रयमा राजन पन्त, रबिन्द्र अधिकारी र गोकर्ण बर्तौला चुनिएका छन् भने महासचिवमा शिशिर न्यौपाने, सचिबमा प्रताप गुरुङ, कोषाध्यक्षमा तेजेन्द्र पौडेल, सहकोषाध्यक्षमा दीपा घिमिरे चयन भएका छन् ।

यसैगरी सदस्यहरूमा नकुल गौतम, सुलोचना मानन्धर, दिनेश मल्ल, प्रज्वल गुवाजु, चिरिञ्जिवी काप्री, राजेन्द्र बस्नेत, राज कार्की, मोहन तिमिल्सिना, चेतन घर्ती मगर, दीपक न्यौपाने, शिवराज पाठक, दीपक पुन र प्रकाश श्रेष्ठ रहेका छन् ।

बाबुराम पौडेलको सभापतित्वमा भएको घोषणा समारोहमा एभरेष्ट इन्टर्नेशनल स्कुलका अध्यक्ष डा. भूपालमान श्रेष्ठ, नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष हवलचन्द्र लामा, प्रवासी नेपाली मञ्चका अध्यक्ष महेन्द्रकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, नेपाली जनप्रगतिशील समाज जापानका अध्यक्ष दिनेश शाही, जाल्टानका अध्यक्ष सुनिल बज्राचार्य लगायतले आउँदै गरेको नयाँ बर्षको शुभकामना र नवगठित कार्यसमितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

सो अवसरमा जमुना सनम, सूर्य खड्का, बिनोद भण्डारी, चेतन घर्ती मगर लगायतका कलाकारहरुले आ-आफ्ना साँगीतिक प्रस्तुतीहरुमार्फत भरपुर मनोरञ्जन प्रदान गरेका थिए । ***

तपाईको प्रतिक्रिया