Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

झापा – सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज भएको खेलमा जुडोका दुई खेलाडी घाइते भएका छन् ।
धुलाबारीस्थित पासाङल्हामु हलमा खेल्ने क्रममा सुदूरपश्चिमका खेलाडी घाइते भएका हुन् । घाइते हुनेमा कम्मानसिंह विष्ट र शेखा श्रेष्ठ रहेका छन् । विष्ट ५५ किलोमुनि तौल तथा श्रेष्ठ ६३ किलोमुनि तौलमा भिड्ने क्रममा घाइते भएका हुन् । विष्टको घुँडामा तथा श्रेष्ठको छातीमा चोट लागेको छ । दुबैै खेलाडी कैलालीका हुन् । घाइते दुबैको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।
उनीहरुको अवस्था खतरामुक्त रहेको सो अस्पतालका चिकित्सक डा निराजन प्रसाईले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया