Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

कैलाली – ‘गौ’ (गाई) हत्या गरिएको भन्दै त्यसको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका हिन्दूवादी संघसंस्थाले सुदूरपश्चिमका जिल्लाहरुमा बन्द आह्वान गरेका छन् ।
बन्दको प्रभाव कैलालीमा बढी परेको देखिन्छ । कैलालीमा यातायातका साधन चलेका छैनन् भने बजार आंशिक रुपमा मात्र संचालित छन् । बन्दकर्ताले र्यालिसमेत गरेका छन् । गत बुधबार भीमदत्त सडकखण्ड अन्तर्गत कैलालीको गोदावरीस्थित भ्यागुतेमा १४ वटा गाई र ११ वटा गोरुलाई विष खुवाएर छाडिएको दावी गरिएको छ ।
सडकमा छाडा छोडिएका गाई गोरुलाई कञ्चनपुरको बेदकोट नगरपालिकाले गाडीमा हालेर उक्त स्थानमा छाडेको थियो । गाई गोरु बोक्न प्रयोग गरिएको दुई वटा ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर छानबीन गरिरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
घटनामा संलग्न ठानिएका बेदकोट नगरपालिकाका कार्यकारी अधिकृतसहितका व्यक्तिलाई कारवाही गरिने कैलालीका प्रमुख अधिकारी गोविन्द रिजालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया