Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

सुशान्त एस मोहन (मुम्बई)

चलचित्र : दंगल
निर्देशक : नितेश तिवारी
रेटिङ : **** 1/2 स्टार

काठमाडौं – बलिवुडमा वर्ष २०१६ मा प्रदर्शनमा आएका कुश्तीमा बनेको अहिलेसम्मकै राम्रो चलचित्र हो ‘दंगल’ । यो चलचित्रले राम्रो सामाजिक सन्देश दिन्छ र अभिनय–अभिनेताको कुरा गर्दा पनि यो वर्षकै सबै भन्दा निखारिएको चलचित्र हो ।

निर्देशक नितेश तिवारीको निर्देशन र स्क्रिप्ट चलचित्रसहित अभिनेता आमिर खान झण्डै दुई वर्षपछि पर्दामा फर्किएका छन् । र, मिस्टर परफेक्सनिस्तको यो पुनरागमन निकै उत्कृष्ट छ । यो चलचित्रको ट्रेलरको निकै प्रशंसा गरिएको थियो र चलचित्र ट्रेलर भन्दा धेरै गुणा राम्रो छ ।

भारतीय कुश्तीमा महिला खेलाडीलाई नयाँ उचाइमा पुर्‍याउने फोगाट परिवारको वास्तविक जिन्दगीमा बनेको यो चलचित्रलाई एक डकु–ड्रामा पनि भन्न सकिन्छ ।

तर यो डकु–ड्रामा जस्तो गम्भीर नभइ मानवीय संवेदना र एक्शन तथा देशभक्तिले भरिएको प्याकेज हो । राष्ट्रिय कुश्तीमा च्याम्पियन महावीर फोगाटको एउटै सपना, देशका लागि कुश्तीमा गोल्ड मेडल आफूले जित्न नसकेको सपना आफ्नो छोराले पूरा गर्नेछ ।

तर हरियाणाको एक गाउँमा महावीर फोगाटको घर, एकपछि अर्को गर्दै चार छोरीको जन्म हुन्छ । उनलाई लाग्न थाल्छ कि उनको सपना टुट्ने छ । तर एक यस्तो विचित्र घटना हुन्छ कि उनी आफ्ना छोरीलाई नै पहलवान बनाउने कोशिसमा लाग्छन् । उनका छोरी फोगाट परिवारको सुनौलो इतिहास लेख्न सफल हुन्छन् ।

‘छोरी, छोरा भन्दा कम हुँदैनन्’ आमिरको यो चलचित्रको सन्देश यही हो, यो स्पष्ट छ । यो चलचित्रमा महावीर फोगाटको भूमिका निभाएका आमिर खानले यही भूमिकाका लागि आफ्नो तौल बढाएको र घटाएको पहिलेदेखि नै चर्चामा रह्यो । एक हरियाणवी, अधवैँसे पहलवानको कडा मिजास तर सफा मन भएको भूमिकामा आमिरले राम्रो न्याय गरेका छन् ।

आमिर बाहेक चलचित्रको पर्दामा आएका हरेक एकले आफ्नो भूमिकामा निकै राम्रोसँग बाँचेका छन् ।

सबैभन्दा बढी प्रभावित गर्छन्, पहवान गीता र बबीताको बाल्यकालको भूमिकामा रहेका अभिनेत्री जायरा वसीम (गीता) र सुहानी भटनाकर (बबिता) । यि दुवै अभिनेत्रीले गरेको मेहनत पर्दामा देखिन्छ ।

निर्देशक नितेशले कहिँ कतै पनि चलचित्रमा आफ्नो पकड गुम्न दिएका छैनन् । यस्तै दृश्यलाई बिना कारण तन्काएका पनि छैनन् । उनले हरेक एक दृश्यमा अभिनयदेखि लिएर बोली, पछि देखिने पृष्ठभूमि र समयको ख्याल गरेका छन् ।

चलचित्रको क्लाइमेक्समा देखाइएको कुश्तीको दृश्यमा त निर्देशक र कलाकारले यो खेललाई बुझ्ने र खिच्ने तरिकाले सबैको मन जित्छ । गीता फोगाटले गोल्ड मेडल जित्ने जान्दा जान्दै पनि दर्शक अर्धैय भएर हेर्छन् अनि जिते पछि हल नै उचाल्ने गरी हुटिङ गर्छन् ।

तपाईको प्रतिक्रिया