Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं  – राष्ट्रिय प्रजातन्त्र पार्टीले माघ २१ गते दुई सय ४० वटा निर्वाचन क्षेत्रमा एकैपटक क्षेत्रीय अधिवेशन गर्ने भएको छ ।

राप्रपा र राप्रपा नेपालबिचको एकीकरणपछि जिल्ला, गाउँ, नगरमा एकीकरणका क्रममा रहेको पार्टीले माघ २५ गते ७५ जिल्लामै जिल्ला अधिवेशन गर्ने तयारी गरेको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

पार्टीले क्षेत्रीय र जिल्ला अधिवेशन सम्पन्न गरेपछि फागुन २ गतेसम्म महाधिवेशन प्रतिनिधि छनौट गरी केन्द्रीय निर्वाचन समितिमा नाम पठाउनुपर्ने छ ।

पार्टी महाधिवेशन फागुन ६ देखि ९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय भइसकेको छ । पार्टी एकीकरणपछि दुवै पार्टीभित्रको सन्तुलन मिलाउन झण्डै चार हजार प्रतिनिधि छनौट हुने उहाँले बताउनुभयो ।

गएको मंसिर ६ गते पार्टी एकीकरण भएपछि दुवै पार्टीको जिल्ला तहदेखि नै एकीकरण सुरु गरिएको छ । अहिलेसम्म ७० जिल्लामा एकीकरण सम्पन्न भइसकेको छ ।

तपाईको प्रतिक्रिया